काठमाडौँ । असोज २७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस रकम सहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार दाहाललाई एक लाख २० हजार ८५० रुपैयाँ, एक थान मोबाइल डिभाइस तथा अन्य कागजात सहित पक्राउ गरिएको हो।
दाहालले अस्पतालसँग आवद्ध विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी दिने क्रममा घुस रकम असुली आफ्नो कार्यकक्षमै लुकाएर राखेको सूचनाका आधारमा अख्तियारले उनलाई रंगेहात समातेको हो।
अख्तियारका अनुसार दाहाल माथि प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ भने थप कानुनी प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ।
पारदर्शिता र सुशासन तर्फको चुनौती,स्वास्थ्य सेवामा पारदर्शिता र जवाफदेहिताको आवश्यकता झनै महत्त्वपूर्ण हुँदै गएको बेला सरकारी अस्पतालभित्रै देखिएको यस्तो भ्रष्टाचारको घटनाले गम्भीर प्रश्न उठाएको छ। वीर अस्पतालको यो घटना सरकारी निकायमा अझै पनि भ्रष्टाचारको गम्भीर समस्या विद्यमान रहेको संकेत दिन्छ।




.gif)





