images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • गोरखाको पालुङटारमा गर्भवतीलाई अत्यावश्यक आइरन र...

गोरखाको पालुङटारमा गर्भवतीलाई अत्यावश्यक आइरन र क्याल्सियम चक्की अभाव

गोरखाको पालुङटारमा गर्भवतीलाई अत्यावश्यक आइरन र क्याल्सियम चक्की अभाव

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २६, गोरखाको पालुङटार नगरपालिकामा दुई महिना देखि गर्भवती महिलाहरूलाई अत्यावश्यक आइरन र क्याल्सियम चक्की अभाव भएको छ। नगरपालिकाभित्रका सबै १० वटै वडाका स्वास्थ्य संस्थाहरूमा यी औषधिहरू नभएपछि गर्भवतीहरू नियमित सेवन गर्नुपर्ने चक्कीबाट वञ्चित भएका छन्।

    images
    images

    नगरपालिकाको केन्द्र ठाँटीपोखरीमा रहेको वडा नं ५ को स्वास्थ्यचौकीका अनुसार, “केही महिना देखि नै अभाव थियो, तर दुई महिनायता त पूरै ठप्प छ।” स्वास्थ्यकर्मीहरूका अनुसार औषधि नहुँदा गर्भवती महिलाहरूलाई आफैं किनेर सेवन गर्न सुझाव दिनुपरेको छ।

    वडा नं १० की स्वास्थ्यचौकी प्रमुख अनिशा जोशीले भनिन्, “हामीसँग औषधि छैन भन्ने सुनेर महिला रिसाउँछन्। कतिपय त औषधि पसलमा धेरै चक्की एकैपटक दिन पनि नमान्ने रहेछन्।” जोशीका अनुसार मिरकोट स्वास्थ्यचौकीबाट मात्रै करिब २५ गर्भवतीले नियमित रूपमा यी चक्की सेवन गर्दै आएका थिए।

    images
    images

    यस्तै, वडा नं ९ स्थित सेरा स्वास्थ्यचौकीमा कार्यरत गङ्गादत्त सेढाईँले पनि दुई महिनादेखि आइरन र क्याल्सियम चक्की नभएको पुष्टि गरिन्।

    यो समस्या समयमै औषधि खरिद नहुनुका कारण आएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय गण्डकीका प्रमुख यामप्रसाद शर्माले भने, “९८ प्रकारका निःशुल्क औषधि मध्ये आइरन र क्याल्सियम स्थानीय तहले संघीय बजेटबाट आफैं खरिद गर्नुपर्ने औषधि हुन्। संघले अब नपठाउने स्पष्ट सूचना तीन चार महिना अघि नै दिइसकेको छ।”

    शर्माका अनुसार प्रदेश जनस्वास्थ्य कार्यालयको भूमिका भने प्रदेश आपूर्ति केन्द्रबाट प्राप्त औषधिहरू पालिकामा वितरण गर्ने मात्र हो।

    गर्भवती महिलाहरूका लागि आइरन र क्याल्सियम चक्की अति आवश्यक हुने भएकाले स्वास्थ्य विशेषज्ञहरूले यथाशीघ्र औषधि उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend