images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौँको भ्रष्टाचार,...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौँको भ्रष्टाचार, उपकुलपति सहित १३ जनाविरुद्ध मुद्दा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौँको भ्रष्टाचार, उपकुलपति सहित १३ जनाविरुद्ध मुद्दा

images
images
बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौँ । असोज २३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको ठूलो भ्रष्टाचार प्रकरणमा संलग्न १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    images
    images

    आयोगले प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारी सहितका पदाधिकारीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरू माथि कम गुणस्तरको एमआरआई मेसिन खरिद गर्ने प्रक्रियामा १२ करोड ७ लाख रुपैयाँ भन्दा बढी रकम अनियमितता गरेको आरोप छ।

    अख्तियारले डा.भण्डारीसँगै प्रतिष्ठानका तत्कालीन कार्यवाहक रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शदर भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरीलगायत माथि कैद र विगो जरिवाना सहितको सजाय माग गर्दै मुद्दा दायर गरेको हो।

    images
    images

    आयोगका अनुसार आरोपितहरूले आर्थिक वर्ष २०७७।७८ मा उपकरण खरिद प्रक्रियामा सरकारी स्रोतको दुरुपयोग गरेका थिए। खरिद गरिएको एमआरआई मेसिन आवश्यक मापदण्ड अनुसारको नभएको र मोलतोलमा समेत पारदर्शिता नदेखिएको आयोगको दाबी छ।

    विशेष अदालतले अब मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढाउनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend