images

२०८३ आश्विन १९ गते

images
images
images

अविरल वर्षाले डेङ्गीको सङ्क्रमण घट्दै

अविरल वर्षाले डेङ्गीको सङ्क्रमण घट्दै

images
images
बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौँ । असोज २३, दसैँ पछिको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा नष्ट पारेकाले अब डेङ्गीको सङ्क्रमण कम हुने सरकारी अधिकारीहरूले बताएका छन्।

    images
    images

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालको भारी वर्षाले एडिज एजिप्टी र एडिस एल्बोपिक्टसु प्रजातिका लामखुट्टेले राखेका अण्डाबाट निस्केका लार्भा बगाएकाले सङ्क्रमणको जोखिम घटेको हो।

    “पछिल्लो वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएको छ,” डा. दाहालले भने, “साथै जाडो मौसम सुरु हुन लागेकाले पनि लामखुट्टेको प्रजनन दर घट्नेछ, जसले गर्दा सङ्क्रमण कम हुने अपेक्षा गरिएको छ।”

    images
    images

    तर, उनले अझै कात्तिक महिनासम्म डेङ्गी सङ्क्रमणको जोखिम कायमै रहने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।

    हालसम्म ५५४२ जना सङ्क्रमित, ३ को निधन,सरकारी तथ्यांकअनुसार हालसम्म देशभर ५,५४२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ। दसैँको समयमा मात्र १९० नयाँ सङ्क्रमण देखा परेका थिए। सङ्क्रमणका कारण हालसम्म तीन जनाको ज्यान गइसकेको छ।

    प्रदेशगत विवरण अनुसारः कोशी प्रदेशः ७८५ जना, मधेस प्रदेशः ११९ जना,बागमती प्रदेशः १,३१४ जना,गण्डकी प्रदेशः १,३५६ जना,लुम्बिनी प्रदेशः ९७३ जना,कर्णाली प्रदेशः ३२८ जना,सुदूरपश्चिम प्रदेशः ६६७ जना देशका डोल्पा र मनाङ बाहेक सबै जिल्लामा सङ्क्रमण देखिएको छ।

    रोकथामका प्रयास,डेङ्गी नियन्त्रणका लागि सरकारले प्रत्येक शुक्रबार ‘लामखुट्टे खोज र नष्ट’ अभियान सञ्चालन गर्दै आएको छ। यस अभियान अन्तर्गत पानी जम्ने स्थानमा लार्भा नष्ट गर्ने र लामखुट्टे प्रजनन रोक्ने काम भइरहेको छ।

    डा.दाहालले जनस्वास्थ्यमा असर पुर्‍याउने कीटजन्य रोगको जोखिम अझै बाँकी रहेको भन्दै स्थानीय तह र सर्वसाधारणलाई सचेत रहन आह्वान गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend