काठमाडौँ । असोज २१, सिद्धार्थ बैंक लिमिटेड र इजी डेन्टल क्लिनिक प्रा.लि.बीच एक आपसी सम्झौता भएको छ, जसअनुसार बैंकका ग्राहकहरूले क्लिनिकका सेवामा विशेष छुट पाउने भएका छन्।
सम्झौता अनुसार, काठमाडौंको चाबहिलमा अवस्थित इजी डेन्टल क्लिनिकमा सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको डेबिट क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार, यस सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ दरमा उपलब्ध गराउनुका साथै नगद कारोबार घटाउँदै डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिइएको छ।




.gif)





