images

२०८३ आश्विन १८ गते

images
images
images

कोरला नाका पूर्ण सञ्चालनमा आएसँगै दुई सातामै रु २ अर्ब बढी राजस्व संकलन

कोरला नाका पूर्ण सञ्चालनमा आएसँगै दुई सातामै रु २ अर्ब बढी राजस्व संकलन

images
images
बुधवार, आश्विन १५ २०८२
बुधवार, आश्विन १५ २०८२
  • मुस्ताङ । असोज १५, नेपाल–चीन सीमामा अवस्थित उत्तरी कोरला नाकास्थित न्हेचुङ भन्सार कार्यालयले पछिल्लो दुई सातामा ऐतिहासिक सफलता हासिल गर्दै रु २ अर्ब २ करोड ९६ लाख २९ हजार राजस्व संकलन गरेको छ।

    images
    images

    गत भदौ ३१ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको भन्सार कार्यालयले मंगलबार बिहान सम्म उक्त राजस्व संकलन गरेको हो। यो संकलन अहिले सम्मकै उच्च हो र भन्सार कार्यालयको इतिहासमै पहिलो पटक यति ठूलो परिमाणमा राजस्व संकलन भएको हो।

    दैनिक १३ करोड बढीको राजस्व
    भन्सार प्रमुख रमेश खड्काका अनुसार, दैनिक औसत राजस्व संकलन रु १३ करोड ६६ लाखभन्दा बढी रहेको छ। यसअघि उपल्लो मुस्ताङका नागरिकहरूले सीमित मात्रामा आयात गर्ने घरायसी सामग्रीबाट वार्षिक रु १०–१५ लाख मात्रै राजस्व संकलन हुने गरेकोमा अहिलेको परिमाणले भन्सारको गतिविधिमा अभूतपूर्व वृद्धि देखाएको छ।

    images
    images

    अन्य नाका बन्द हुँदा कोरला हुँदै आयातमा वृद्धि
    हालैको बाढी, पहिरो तथा नदी कटानका कारण रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा व्यापारीहरूले विकल्पका रूपमा कोरला नाका प्रयोग गर्न थालेका छन्। यही कारणले यहाँबाट सामान तथा विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको हो।

    ९६५ वटा विद्युतीय सवारीको भन्सार जाँचपास
    चीनबाट कोरला नाका हुँदै भित्रिएका १,१०९ वटा विद्युतीय सवारीमध्ये ९६५ वटा गाडीको भन्सार जाँचपास भइसकेको छ भने बाँकी १४४ सवारीको प्रक्रिया बाँकी रहेको प्रमुख खड्काले जानकारी दिए। साथै, आयात गरिएका ३७५ कन्टेनर सबैको भन्सार प्रक्रिया पूरा भई ती गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।

    स्थानीय युवाहरूका लागि रोजगारीको अवसर
    लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार, नाका सञ्चालनसँगै स्थानीय स्तरमा व्यापारिक चहलपहल बढेको छ। विशेषतः सवारी चलाउन जान्ने युवाहरू र लोड(अनलोडको काममा संलग्न स्थानीयहरूले राम्रै आम्दानी गरिरहेका छन्।

    दसैँ बिदापछि २१ गतेदेखि नियमित कामकाज
    हाल दसैँ बिदाका कारण भन्सार कार्यालयका कर्मचारी घर गइसकेका छन्। सार्वजनिक बिदा असोज १८ गतेसम्म रहेको र फर्कन दुई दिन लाग्ने भएकाले असोज २१ गतेदेखि मात्र नियमित कार्यसम्पादन सुरु हुने नायब सुब्बा उत्तम राईले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend