images

२०८३ आश्विन २४ गते

images
images
images

प्रविधिको सहि उपयोग गरौँ, नेपाल राष्ट्र बैंकद्वारा जानकारी

प्रविधिको सहि उपयोग गरौँ, नेपाल राष्ट्र बैंकद्वारा जानकारी

images
images
मंगलवार, आश्विन १४ २०८२
मंगलवार, आश्विन १४ २०८२
  • काठमाडौँ । १४ असोज, कार्डलाई मेसिनमा स्वाइप गर्न वा पीन हाल्न नपर्ने, केवल ट्याप (छोएर) गरे पुग्ने भुक्तानीलाई कन्टयाक्टलेस पेमेण्ट (Contactless Payment) भनिन्छ। हाल बैंक तथा वित्तीय संस्थाहरुले जारी गर्ने धेरै कार्डमा सानै तर चिनारीपूर्ण ‘लहर’–जस्तो चिह्न )))))) देखिन्छ त्यही चिह्न भएका कार्डमा नियर फील्ड कम्यूनिकेसन (NFC) प्रविधि प्रयोग हुन्छ।

    images
    images

    यी कार्डलाई पीन नदिइ किनमेल वा भुक्तानी गर्न सकिन्छ: प्रयोगकर्ताले कार्डलाई )))))) चिन्ह भएको POS मेसिनमा छोपेर (ट्याप गरेर) सहज र छिटो भुक्तानी गर्न सक्छन्। यसलाई अंग्रेजीमा “Tap to Pay” वा “Tap and Pay” पनि भनिन्छ।

    हाल नेपालको व्यवस्था अनुसार प्रतिकारोबार (प्रति ट्रान्ज्याक्शन) अधिकतम रु ५,००० सम्म ट्याप गरेर भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको छ।

    images
    images

    किन रु ५,००० को सीमा ?

    NFC प्रयोगले भुक्तानी प्रक्रियालाई धेरै सहज बनाउँछ तर पीन नलिने भएकाले कार्डबाट अनधिकृत कारोबारको जोखिम बढ्न सक्छ। त्यसैले कार्डबाट हुनसक्ने सम्भावित अनधिकृत प्रयोग (fraud) र जोखिमलाई न्यूनीकरण गर्न यो सीमा तोकिएको हो।

    कार्ड सुरक्षा सन्देश

    नेपाल राष्ट्र बैंकले चाहिँदैन कि सहज प्रविधि दुरुपयोगमा प्रयोग होस्, त्यसैले कार्डधनीले आफ्ना कार्डहरू सुरक्षित स्थानमा राख्न र अनिच्छित स्पर्श वा हराइहाल्दा तुरुन्त् बैंकमा सम्पर्क गर्नुपर्छ।

    श्रोतः नेपाल राष्ट्र बैंक

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend