images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • निफ्राबाट पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ...

निफ्राबाट पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ सहयोग

निफ्राबाट पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ सहयोग

images
images
आइतवार, आश्विन १२ २०८२
आइतवार, आश्विन १२ २०८२
  • काठमाडौँ । असोज। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

    images
    images

    २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा सार्वजनिक भौतिक संरचनामा व्यापक तोडफोड र आगजनी भएको थियो। त्यसबाट भएको क्षति पुनर्निर्माण, राहत तथा आर्थिक पुनरुत्थानका लागि सरकारले विशेष कोष खडा गरेको हो।

    निफ्राले यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व(CSR)अन्तर्गत प्रदान गरेको हो।

    images
    images

    बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा १ करोड रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्।

    अर्थ मन्त्रालयका अनुसार प्राप्त सहयोग रकम प्रभावित संरचनाको पुनर्निर्माण तथा आवश्यक राहत प्रदान गर्न खर्च गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend