काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री प्रकाश बरालको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१।०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वार्षिक वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ।
सभाले सञ्चालक समितिको प्रस्तावअनुसार चुक्ता पूँजीको ७ प्रतिशत दरले लाभांश वितरण गर्ने निर्णयसमेत अनुमोदन गरेको छ। सोअनुसार कर सहित रु. १ करोड ४७ लाख नगद लाभांश वितरण गरिनेछ। हाल कम्पनीको चुक्ता पूँजी २१ करोड रहेको छ।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा स्थापना भएको ज्योति क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ्ग सेवाका लागि अनुमति प्राप्त गरी धितोपत्रको प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले “हरेक ग्राहकहरूको सम्पन्नताको सहयात्री” बन्ने उद्देश्य सहित वित्तीय क्षेत्रमा सेवा विस्तार गरिरहेको छ।




.gif)





