काठमाडौँ । असोज १०, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजीमा आधारित भएर ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।
साथै, बोनस शेयर वितरण गर्दा लाग्ने कर तिर्नका लागि बैंकले ०.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरेको छ।
बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र आउँदो वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।




.gif)





