images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • मोबाइल वालेटको कारोबार सीमा अस्थायी रूपमा...

मोबाइल वालेटको कारोबार सीमा अस्थायी रूपमा बढ्यो

मोबाइल वालेटको कारोबार सीमा अस्थायी रूपमा बढ्यो

images
images
शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • काठमाडौँ । असोज १०, चाडपर्वलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले मोबाइल वालेटबाट गर्न पाउने दैनिक कारोबार सङ्ख्याको सीमा अस्थायी रूपमा बढाएको छ। अब प्राकृतिक व्यक्तिहरूले मोबाइल वालेट मार्फत दिनमा अधिकतम ४० पटक सम्म कारोबार गर्न सक्नेछन्।

    images
    images

    यसअघि, प्रयोगकर्ताहरूलाई अधिकतम १० पटक मात्र कारोबार गर्न मिल्ने सीमा तोकिएको थियो। यो नयाँ व्यवस्था असोज १३ गते (फूलपाती) देखि पूर्णिमा सम्म लागू हुनेछ।

    राष्ट्र बैंकले डिजिटल माध्यमबाट दक्षिणा भुक्तानीलाई सहज बनाउने उद्देश्यले यो व्यवस्था ल्याएको जनाएको छ।

    images
    images

    हाल नेपालमा ईसेवा, खल्ती, नमस्ते पे लगायत करिब दुई दर्जन डिजिटल वालेट सेवा प्रदायकहरू सञ्चालनमा छन्, जसले उपभोक्तालाई सजिलो, सुरक्षित र छिटो सेवा उपलब्ध गराउँदै आएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend