images

२०८३ आश्विन १९ गते

images
images
images

भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन

भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • भोजपुर ।  जिल्लामा रेविज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ । प्राण घातक रेविज रोग निन्यन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो । यो अभियानमार्फत गाउँघरमा रहेका कुकुर तथा विरालालाई निःशुल्क खोप लगाउने काम जारी रहेको भेटेरेनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रलेका प्रमुख पुष्पराज दाहालले जानकारी दिनुभयो ।

    images
    images

    “रेविज रोग नियन्त्रणको लागि निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ” उहाँले भन्नुभयो,“यो अभियानमार्फत घरपालुवा सम्पूर्ण कुकुर, बिरालोलाई  खोप लगाउँछौँ ।”

    निःशुल्क खोप अभियान यहि असोज ६ गतेबाट १२ गतेसम्म सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । अहिले स्थानीयले दैनिक १५/२० कुकुर, बिरालोलाई खोप लगाउनको लागि ल्याउने गरेका छन् । रेविज रोग उन्मुलनका लागि वर्षेनी खोप अभियान सञ्चालन भइरहेको कार्यालयले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend