images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंक बैंकहरुको मुद्दति निक्षेपमा २...

राष्ट्र बैंक बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ७१ करोड लगानी गर्दै

राष्ट्र बैंक बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ७१ करोड लगानी गर्दै

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंकहरुमा मुद्दति निक्षेपमार्फत लगानी गर्ने भएको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्न लागेको हो । 

    images
    images

    केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख, विकास बैंकमा ४० करोड ७७ लाख र वित्त कम्पनीमा १३ करोड ५९ लाख मुद्दती निक्षेपमा लगानी गरिनेछ ।

    यसका लागि असोज १० गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।यो लगानी सन् २०२५ अक्टोबर १४ देखि २०२६ अक्टोबर १४ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend