images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • मनसुनी वायुको प्रभाव कमजोर, यी स्थानमा...

मनसुनी वायुको प्रभाव कमजोर, यी स्थानमा मध्यम वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव कमजोर, यी स्थानमा मध्यम वर्षाको सम्भावना

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौं।  हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको आंशिक प्रभाव भने कायमै रहेको छ।आज दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    images
    images

    आज राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend