images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • प्राइम बैंकले वार्षिकोत्सवको अवसरमा देशभर रक्तदान...

प्राइम बैंकले वार्षिकोत्सवको अवसरमा देशभर रक्तदान कार्यक्रम सम्पन्न

प्राइम बैंकले वार्षिकोत्सवको अवसरमा देशभर रक्तदान कार्यक्रम सम्पन्न

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ।

    images
    images

    बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी सहित कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको छिन्चु (सुर्खेत) र सुदूरपश्चिम प्रदेशको धनगढीमा एकै साथ रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

    उक्त कार्यक्रममा बैंकका कर्मचारी र शुभचिन्तक गरी कुल ४६३ जनाले रक्तदान गरेका थिए । यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सञ्जीव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्राविधिकहरूलाई धन्यवाद दिँदै, मानव जीवनको रक्षाका लागि अत्यावश्यक रगत संकलन गर्ने यस्तो पुण्य कार्य गर्न पाउँदा खुसी लागेको बताए ।

    images
    images

    बैंकले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरू निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend