images

२०८३ आश्विन २४ गते

images
images
images

कामना सेवा विकास बैंकको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

कामना सेवा विकास बैंकको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन रहेको छ।लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले भोलि असोज ८ गते बुक क्लोज गर्दैछ। यसर्थ आज असोज ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।कामना सेवा विकास बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभा असोज २४ गते आयोजना गर्दैछ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    images
    images

    सभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार १९५.४० रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने ३५ करोड १० लाख ८४ हजार ६१९.५४ रुपैयाँबराबरको बोनस सेयर र ५.७८९५ प्रतिशतले हुन आउने २० करोड ३२ लाख ६० हजार ४४०.४८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।

    बोनस शेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि गर्न बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले पारित गर्नेछ।सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गरी गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend