images

२०८३ आश्विन २४ गते

images
images
images

एनआईसी  एशिया बैंकको सीईओमा राठी नियुक्त

एनआईसी  एशिया बैंकको सीईओमा राठी नियुक्त

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौँ । एनआईसी एशिया बैंक अब नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) खोज्ने प्रक्रियामा जुटेको छ। बैंकका वर्तमान सीईओ रोशन न्यौपानेले बिहीबार विहान पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा सोही दिन स्वीकृत भएको छ।

    images
    images

    न्यौपानेले आफ्नी धर्मपत्नीको उपचारका लागि चार महिना विदेश जानुपर्ने भएकाले बिदा मागेका थिए। तर सञ्चालक समितिले लामो बिदा दिन असमर्थता जनाए पछि उनले राजीनामा दिनु परेको हो।

    उक्त घटनापछि बैंक सञ्चालक समितिले तत्कालीन डेपुटी सीईओ सन्तोष राठीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको छ।

    images
    images

    तीन वर्षयता कारोबारमा सुस्ती आएको बैंकले अब नयाँ नेतृत्वद्वारा सुरक्षित अवतरणको खोजी सुरु गरिसकेको छ। बैंकमा मारवाडी समुदायको प्रमुख लगानी रहँदै आएको छ र त्यसैको प्रभावशाली उपस्थिति पनि छ।

    नयाँ सीईओको संभावित नाममा नबिल बैंकका पूर्व सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनएमबी बैंकका पूर्व सीईओ सुनिल केसीको नाम चर्चामा छ। तर, एनआईसी एशियाले विगतमा आन्तरिक पदोन्नतिलाई प्राथमिकता दिएको इतिहासले गर्दा डेपुटी सीईओ राठी नै स्थायी सीईओ बन्ने सम्भावना बलियो देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend