images

२०८३ आश्विन १८ गते

images
images
images

नारायणगढ-मुग्लिन सडक सुचारु, दुईतर्फी सञ्चालन

नारायणगढ-मुग्लिन सडक सुचारु, दुईतर्फी सञ्चालन

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • चितवन।  नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । 

    images
    images

    अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७ः१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार पहिरोसँगै खसेको ढुंगाले लागेर  ना६ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend