images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय वाणिज्य बैंकबाट आन्दोलनका क्रममा ३८...

राष्ट्रिय वाणिज्य बैंकबाट आन्दोलनका क्रममा ३८ करोड बराबरको धनमाल लुटिएको खुलासा

राष्ट्रिय वाणिज्य बैंकबाट आन्दोलनका क्रममा ३८ करोड बराबरको धनमाल लुटिएको खुलासा

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ । हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब ३८ करोड रुपैयाँ बराबरको धनमाल लुटिएको छ।

    images
    images

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले एक पडकास्ट कार्यक्रममा सहभागी हुँदै उक्त लुटपाटको विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा आन्दोलनकारीले बैंक शाखामा आक्रमण गरी ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटेका थिए।

    गभर्नर पौडेलले भने, “एक ठाउँमा सिरियस लुटपाट भएको छ। संसद भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा ५ करोड नगद र १८ किलो सुन लुटिएको छ।”

    images
    images

    उनका अनुसार लुटपाटको कुल अनुमानित मूल्य ३७ देखि ३८ करोड रुपैयाँको आसपासमा रहेको छ।

    त्यस्तै, आन्दोलनको क्रममा देशभरका विभिन्न स्थानमा रहेका ६८ वटा बैंक शाखा र ६९ वटा एटीएमहरूमा तोडफोड गरिएको गभर्नरले जानकारी दिए। यद्यपि राष्ट्र बैंकको कोर प्रणाली वा संरचनामा भने कुनै आक्रमण नभएको उनले स्पष्ट पारे।

    गभर्नर पौडेलले बैंक लकरमा सुरक्षित रूपमा राखिएको सम्पत्ति र खातामा रहेको सर्वसाधारणको रकम पूर्ण रूपमा सुरक्षित रहेको बताउँदै आम नागरिकलाई नआत्तिन आग्रह गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend