images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • वाणिज्य बैंकहरूले एक महिनामै कमाए झन्डै...

वाणिज्य बैंकहरूले एक महिनामै कमाए झन्डै साढे ८ अर्ब नाफा

वाणिज्य बैंकहरूले एक महिनामै कमाए झन्डै साढे ८ अर्ब नाफा

images
images
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • काठमाडौँ । असोज १, चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिनामा वाणिज्य बैंकहरूले उल्लेख्य खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, साउन महिनामा २० वटा वाणिज्य बैंकहरूले संयुक्त रूपमा ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्।

    images
    images

    यो नाफा अघिल्लो वर्षको साउनको तुलनामा ०.०८ प्रतिशतले घटेको हो। अघिल्लो वर्षको साउनमा बैंकहरूले कुल ८ अर्ब ३८ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।

    सबैभन्दा धेरै नाफा आर्जन गर्ने सूचीको शीर्षमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले साउन महिनामा ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमायो। त्यसपछिको स्थानमा नबिल बैंक (७१ करोड ६४ लाख) र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (६३ करोड ४२ लाख) रहेका छन्।

    images
    images

    अन्य बैंकहरूको नाफा यसप्रकार छः राष्ट्रिय वाणिज्य बैंक ५५ करोड ८३ लाख,नेपाल बैंक ५५ करोड २७ लाख,प्राइम बैंक ५० करोड ४९ लाख,कुमारी बैंक ४९ करोड २४ लाख,एभरेष्ट बैंक ४८ करोड ३९ लाख,एनएमबि बैंक ४६ करोड ६७ लाख,हिमालयन बैंक ४० करोड ८९ लाख,सिद्धार्थ बैंक ४० करोड १३ लाख

    त्यस्तै, अन्य बैंकहरूले पनि निम्नानुसार नाफा आर्जन गरेका छन्ः लक्ष्मी सनराइज ३९ करोड ४४ लाख सानिमा बैंक ३९ करोड २ लाख एनआइसी एशिया ३१ करोड ९३ लाख प्रभु बैंक ३० करोड २३ लाख सिटिजन्स बैंक २७ करोड २४ लाख स्ट्याण्डर्ड चार्टर्ड २७ करोड १६ लाख,माछापुच्छ्रे बैंक २६ करोड ५२ लाख,नेपाल एसबिआई १५ करोड ८९ लाख कृषि विकास बैंक ३७ लाख ५० हजार

    विगत वर्षको तुलनामा केही बैंकहरूको नाफा घटेको भए पनि समग्रमा वाणिज्य बैंकहरूको वित्तीय अवस्था स्थिर देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend