images

२०८३ आश्विन १९ गते

images
images
images

दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्नेबारे छलफल सुरु

दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्नेबारे छलफल सुरु

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौँ । दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयबारे सरकार र सरोकारवाला पक्षबिच छलफल सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केही बेरअघि छलफल सुरु भएको हो । मन्त्रालयका सचिव केशव शर्माको पहलमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ तथा यातायात मजदुरका प्रतिनिधिसहित सहभागी छन् । 

    images
    images

    छलफलका क्रममा आन्दोलनपछि सिर्जित परिस्थितिमा यातायातको सहज सञ्चालन, अग्रिम टिकट बुकिङ लगायतका विषयमा छलफल हुने महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । 

    यसअघि यातायात व्यवसायीले भाडादर समायोजनको विषय पनि उठाउँदै आएका थिए । तर, आजको छलफलमा भाडादर समायोजनको विषय आफूहरूको एजेन्डामा नरहेको उनको भनाइ छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend