काठमाडौँ । भदौ २८, प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्वको मन्त्रिपरिषद् विस्तार यही आइतबार गर्ने तयारी गरेकी छन्। मन्त्रिपरिषद् विस्तारका लागि उनले आन्तरिक रूपमा राजनीतिक तथा गठबन्धन दलहरूसँग छलफल गरिरहेकी छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार आज (शनिबार) मन्त्रिपरिषद्का सदस्यहरूको नामावली टुंगो लगाउने तयारी भइरहेको छ। यद्यपि, अहिलेसम्म कुनै नाम औपचारिक रूपमा तय भइसकेको छैन।
सरकारमा समावेश हुने दलहरू बीचको भागबण्डा र उपयुक्त उम्मेदवारको छनोटका लागि अन्तिम चरणको सल्लाह–विचार भइरहेको बताइएको छ।




.gif)





