images

२०८३ आश्विन १९ गते

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा क्वालालम्पुरमा दुई सय नेपाली यात्रु अलपत्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा क्वालालम्पुरमा दुई सय नेपाली यात्रु अलपत्र

images
images
बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • काठमाडौँ । भदौ २६, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई दिनका लागि बन्द भएपछि मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा करिब दुई सय नेपाली यात्रु अलपत्र परेका छन्।

    images
    images

    विभिन्न देशबाट ट्रान्जिट मार्फत नेपाल फर्किन लागेका नेपालीहरू क्वालालम्पुरमा रोकिएका हुन्। त्यहाँ रोकिएकी रोनीशा धिमिरेका अनुसार, सम्बन्धित एयरलाइन्सहरूले उनीहरूलाई उडाउने स्पष्ट तालिका अझै उपलब्ध गराएका छैनन्। यात्रुहरू अन्योलमा परेका छन् भने धेरैले खानपिनको समेत अभाव खेप्नुपरेको छ।

    स्थिति बुझेर गैरआवासीय नेपाली संघ (NRNA) मलेसिया र जनजाति महासंघ मलेसियाले यात्रुहरूलाई खाना तथा प्राथमिक सहयोग उपलब्ध गराएका छन्।

    images
    images

    यसबीच, प्राविधिक कारणले दुई दिन बन्द गरिएको त्रिभुवन विमानस्थल अहिले पुनः सञ्चालनमा आइसकेको छ। तर रोकिएका यात्रुहरू कहिले फर्किन पाउने भन्नेबारे एयरलाइन्सहरूले कुनै निश्चित समय तालिका सार्वजनिक गरेका छैनन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend