images

२०८३ आश्विन १९ गते

images
images
images

पर्यटकको व्यवस्थापनमा प्राथमिकता दिन होटल संघ नेपालको आह्वान

पर्यटकको व्यवस्थापनमा प्राथमिकता दिन होटल संघ नेपालको आह्वान

images
images
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । भद्रौ २५, देशभर जारी निषेधाज्ञा र विमानस्थल बन्दका कारण पर्यटकहरूको भ्रमण अनिश्चित बन्दै गइरहेको सन्दर्भमा होटल संघ नेपाल (HAN) ले यस विषयलाई देशको छवि र पर्यटनको भविष्यसँग प्रत्यक्ष जोडिएको भन्दै यथा सक्य छिटो व्यवस्थापन गर्न सम्बन्धित निकायहरूलाई आह्वान गरेको छ।

    images
    images

    संघद्वारा जारी विज्ञप्तिमा आगामी चाडपर्व र पर्यटकीय सिजन सुरु हुने बेला सृजित यो संक्रमणकालमा पर्यटकहरूको उचित व्यवस्थापनमा होटल तथा आतिथ्य क्षेत्र सधैंझैं क्रियाशील रहेको उल्लेख गरिएको छ। यद्यपि, यो कार्यमा सबै सरोकारवालाबाट आवश्यक प्राथमिकता र पहल भएमा हाल देखिन थालेको अत्यधिक एवं अप्रत्यासित पर्यटक क्यान्सिलेसन केही हदसम्म रोक्न सकिने विज्ञप्तिमा भनिएको छ।

    विज्ञप्तिमा हालै देशका विभिन्न स्थानमा देखिएको आगजनी तथा तोडफोडले सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याएको र यस्ता संरचनाहरूको पुनर्निर्माणमा फेरि देशको सीमित स्रोतसाधन खर्चिनुपर्ने भएकाले थप विनाश रोक्न सबैलाई सचेत रहन संघले अपिल गरेको छ।

    images
    images

    संघले वर्तमान परिस्थितिबाट प्रभावित भएर देशका विभिन्न स्थानमा रहेका पर्यटकहरूको उचित व्यवस्थापन तथा सहजिकरणका लागि नेपाल पर्यटन बोर्ड र नेपाली सेना सँग सहकार्य गर्दै आएको पनि जानकारी दिएको छ। साथै, अलपत्र परेका पर्यटकहरूलाई आवश्यक परेमा होटल आवास व्यवस्थाका लागि होटल संघ नेपालको हटलाइन ९८५१०३१४९५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend