images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नेपाल प्रहरीले शान्ति पुनर्स्थापनाका लागि सबैलाई...

नेपाल प्रहरीले शान्ति पुनर्स्थापनाका लागि सबैलाई सहयोग गर्न आग्रह

नेपाल प्रहरीले शान्ति पुनर्स्थापनाका लागि सबैलाई सहयोग गर्न आग्रह

images
images
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । भदौ २५, जेनजी आन्दोलनका क्रममा भएको अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल प्रहरीले सबैलाई शान्ति पुनर्स्थापनाका लागि सहयोग गर्न अपिल गरेको छ।

    images
    images

    प्रहरी महानिरीक्षकको सचिवालयले आज एक सार्वजनिक अपिल जारी गर्दै यो विषम परिस्थितिमा सम्पूर्ण नेपाली जनसमुदाय तथा सुरक्षाकर्मीहरूलाई राष्ट्रको सुरक्षा, हित र अपराध नियन्त्रणका लागि एकजुट हुन आवश्यक रहेको बताएको छ।

    अपिलमा आन्दोलनको क्रममा नागरिक र सुरक्षाकर्मी दुवै पक्षबाट भएको दुःखद मृत्युप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। प्रहरीका अनुसार जनधनको क्षति अत्यन्त अपूरणीय र मर्माहत पार्ने खालको रहेको छ।

    images
    images

    नेपाल प्रहरीले शान्तिपूर्ण सहकार्य मार्फत घाइतेहरूको उद्धार, उपचार र क्षतिको पुनर्निर्माणमा जुट्न सबैलाई आग्रह गरेको छ। साथै, कुनै पनि आपराधिक समूहबाट हुन सक्ने सम्भावित क्षतिलाई रोक्नका लागि आम नागरिकको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गरिएको छ।

    प्रहरीको अपिलमा सार्वजनिक शान्ति, अमनचयन, अपराध नियन्त्रण र अनुसन्धान मार्फत कानुनी शासन कायम गर्न सहयोग पुर्‍याउन सबैलाई हार्दिक अनुरोध गरिएको छ।

    नेपाल प्रहरीले नागरिक–प्रहरी साझेदारीको माध्यमबाट शान्ति स्थापनाका लागि आफ्नो राष्ट्रिय दायित्व पूरा गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

    प्रेस-विज्ञप्ति-२०८२-०५-२४

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend