images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • वाणिज्य बैंकहरूको लाभांश सिजन सुरु, कतिले...

वाणिज्य बैंकहरूको लाभांश सिजन सुरु, कतिले कति दिन सक्ने?

वाणिज्य बैंकहरूको लाभांश सिजन सुरु, कतिले कति दिन सक्ने?

images
images
शनिवार, भाद्र २१ २०८२
शनिवार, भाद्र २१ २०८२
  • काठमाडौँ । आर्थिक वर्ष २०८१।८२ सकिए सँगै बैंक तथा वित्तीय संस्थाहरूले मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने तयारी सुरु गरेका छन्। हाल सम्म दुई वटा वाणिज्य बैंकले मात्र लाभांश घोषणा गरेका छन् भने अन्य बैंकहरू अन्तिम तयारीमा छन्।

    images
    images

    पहिलो घोषणा माछापुच्छ्रे बैंकको

    वाणिज्य बैंकहरूमा पहिलो लाभांश घोषणा माछापुच्छ्रे बैंकले गरेको हो। बैंकले ४% नगद र ४% बोनस सेयर गरी कुल ८% लाभांश दिने घोषणा गरेको छ। बैंकको लाभांश क्षमता ९.२३% रहेको थियो।

    images
    images

    एभरेष्ट बैंकको २०% लाभांश

    लगातार सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको एभरेष्ट बैंकले यसपटक पनि २०% लाभांश दिने घोषणा गरेको छ। बैंकले १४% नगद (कर सहित) र ६% बोनस सेयर दिनेछ। बैंकको लाभांश क्षमता ३८.२७% रहेको छ।

    सानिमा र सिटिजन्सको तयारी

    सानिमा बैंक र सिटिजन्स बैंक पनि दशैं अघि नै लाभांश घोषणा गर्ने तयारीमा छन्।

    सानिमा बैंकः लाभांश क्षमता २०.४७%, गत वर्ष ५.२६% लाभांश।

    सिटिजन्स बैंकः लाभांश क्षमता ५.२५%, गत वर्ष ४.२१% लाभांश।

    १०% भन्दा बढी लाभांश दिन सक्ने बैंकहरू

    वित्तीय विवरणको आधारमा अन्य ९ वटा वाणिज्य बैंकले १०% भन्दा माथि लाभांश दिने अनुमान गरिएको छ। ती बैंकहरू र तिनको लाभांश क्षमता निम्नानुसार छः

    बैंक लाभांश क्षमता (५)
    स्ट्यान्डर्ड चार्टर्ड १९.८५
    कृषि विकास बैंक १८.४२
    नबिल बैंक १७.६४
    प्राइम बैंक १४.३३
    ग्लोबल आइएमई १४.११
    सिद्धार्थ बैंक १३.२२
    लक्ष्मी सनराइज १२.३४
    नेपाल एसबिआई ११.२९
    एनएमबि बैंक १०.४१्
    कम लाभांश क्षमता भएका बैंकहरू

    प्रभु बैंकः ४.४४%

    राष्ट्रिय वाणिज्य बैंकः १.९४%

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकः १.४४%

    लाभांश दिन नसक्ने बैंकहरू

    गत वर्षको मुनाफा ऋणात्मक भएका कारण कुमारी, हिमालयन, एनआईसी एशिया र नेपाल बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन्।

    हिमालयन बैंकः वितरणयोग्य नाफा ऋणात्मक – रु ७ अर्ब १० करोड

    एनआईसी एशियाः रु ५ अर्ब २१ करोड ऋणात्मक

    कुमारी बैंकः रु २ अर्ब ७९ करोड ऋणात्मक

    नेपाल बैंकः रु ४४ करोड ९० लाख ऋणात्मक

    केही बैंकहरूले आकर्षक लाभांश दिने तयारी गरेका छन् भने केही बैंकहरू मुनाफाको अभावले लाभांश दिन असमर्थ देखिएका छन्। लगानीकर्ताहरूले अब छिट्टै थप बैंकहरूको लाभांश घोषणा पर्खनुपर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend