images

२०८३ आश्विन २४ गते

images
images
images

ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’

ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’

images
images
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेस्ट बैंक अवार्ड पाएको छ।मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड हस्तान्तरण गरेका हुन्।

    images
    images

    ग्राहकलाई उपलब्ध गराइएका सेवा, वित्तीय अवस्था, प्रविधि, सुशासन र सामाजिक उत्तरदायित्वलगायत क्षेत्रमा देखाएको उत्कृष्ट कार्यसम्पादनका आधारमा यो अवार्ड प्रदान गरिएको हो।यससँगै ग्लोबल आइएमई बैंकले तेस्रो पटक युरो मनी बेस्ट बैंक अवार्ड हात पारेको छ।यसअघि सन् २०२२ र २०२४ मा पनि बैंकले सो अवार्ड जितिसकेको थियो। 

    ग्लोबल आइएमई बैंक देशभर सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend