images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • एसईईमा एनजी ल्याउने विद्यार्थीहरूलाई प्राविधिक तालिम...

एसईईमा एनजी ल्याउने विद्यार्थीहरूलाई प्राविधिक तालिम दिन पाउने

एसईईमा एनजी ल्याउने विद्यार्थीहरूलाई प्राविधिक तालिम दिन पाउने

images
images
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एसईईमा एनजी ल्याउने विद्यार्थीहरूलाई प्राविधिक तालिम दिने योजना ल्याउन लागेको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले विद्यार्थीहरूलाई रोजगारमूलक दक्षता प्रदान गर्नेगरी यस्तो योजना कार्यान्वयनमा ल्याउन लागेको सुनाइन् ।

    images
    images

    मन्त्री भट्टराईका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी)ले एसईईको पूरक परीक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरूका लागि छोटो अवधिका सीपमूलक तालिमको प्याकेजहरू निर्माण गर्ने योजना बनाएको छ । यस पहलले विद्यार्थीहरूलाई प्राविधिक तालिमको अवसर दिनुका साथै उनीहरूको भविष्यलाई उज्ज्वल बनाउन सहयोग पुर्‍याउने उनको विश्वास छ ।

    सरकारले यस वर्षदेखि करिअर काउन्सिलिङ कार्यक्रम पनि सञ्चालन गरेको बताउँदै उनले यसबाट विद्यार्थीलाई करिअर विकासमा मार्गदर्शन गर्न मद्दत मिल्ने उनले सुनाइन् । साथै मन्त्रालयले एसईई र कक्षा १२ को परीक्षामा एनजी ल्याउने विद्यार्थीहरूको सङ्ख्या घटाउन अनलाइन कक्षासहित विभिन्न वैकल्पिक कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताइन् ।

    images
    images

    मन्त्री भट्टराईले कर्णाली प्रदेशमा कक्षा ९ देखि कक्षा १२ सम्मका प्राविधिक धारका विद्यालयहरूमा निःशुल्क प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् । तर, विद्यार्थीहरूको अभावका कारण प्राविधिक शिक्षा कार्यक्रमहरूको प्रभावकारिता सीमित रहेको उनले उल्लेख गरिन् ।

    “प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भएका विद्यालयमा प्राविधिक शिक्षा अहिले पनि निःशुल्क छ । त्यस्ता विद्यालयमा विद्यार्थी भर्ना प्रतिशत ४० प्रतिशतको हारहारीमा छ,” मन्त्री भट्टराईले भनिन्, “एकातिर हामी प्राविधिक शिक्षा माग गर्छौं । अर्कोतिर सञ्चालित विद्यालयमा विद्यार्थीको अभाव छ । विद्यालय तहमा रहेको छात्रवृत्ति कार्यक्रमको अतिरिक्त प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का आङ्गिक शिक्षाले र सम्बन्धन प्राप्त संस्थाहरूमा छात्रवृत्ति कोटा समेत उपलब्ध छ ।”

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend