images

२०८३ आश्विन १९ गते

images
images
images

गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने

गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने

images
images
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • गुल्मी । नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ । निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ । 

    images
    images

    रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा चारपटक उडान हुँदै आएकामा अब केही समयका लागि बिहीबार एकदिन मात्र उडान गरिने जानकारी दिए । निगमका दुई वटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएको र हाल एउटा जहाज मात्र सञ्चालनमा रहेकाले नियमित तालिकामा परिवर्तन गर्नुपरेको उनले बताए ।प्रतिकूल मौसमका कारण यहाँ करिब डेढ महिनासम्म उडान नियमित हुन सकेको थिएन । खराब मौसम र बाक्लो हुस्सुका कारण जिल्लामा पटकपटक उडान प्रभावित हुने गरेको छ ।

    निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौँदेखि यहाँ बिहान ६ः ३० बजे र यहाँबाट काठमाडौँ बिहान ७ः ३० बजे उडानको तालिका निर्धारण गरेको छ । यस्तै, काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको छ । निगमले विसं २०८० वैशाख २९ गतेदेखि यहाँ व्यावसायिक रूपमा उडान सुरु गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend