images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंक बैंकिङ प्रणालीमा भएको तरलता...

राष्ट्र बैंक बैंकिङ प्रणालीमा भएको तरलता प्रशोचन बन्ड जारी गर्दै

राष्ट्र बैंक बैंकिङ प्रणालीमा भएको तरलता प्रशोचन बन्ड जारी गर्दै

images
images
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा हुने लगानीयोग्य पुँजी (तरलता) तान्न (प्रशोचन) गर्न नयाँ उपकरण प्रयोगमा ल्याउने भएको छ । निक्षेप संकलन र रिभर्स रिपो उपकरणबाट बैंकिङ प्रणालीमा रहेको तरलता तान्ने गरिरहेकोमा अब राष्ट्र बैंकले ऋणपत्र (बण्ड) जारी गरेर खिच्ने भएको छ । 

    images
    images

    ऋणपत्र जारीका लागि तयारी भइरहेको राष्ट्र बैंकको प्रवत्ता तथा कार्यकारी निर्देशक किरण पण्डितले बाह्रखरीलाई बताए । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार प्रक्रिया अघि बढेको उनले जानकारी दिए । मौद्रिक नीतिमा बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार राष्ट्र बैंक ऋणपत्र निष्काशन गरिने उल्लेख छ ।राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीमा भएको तरलता तानिरहेको छ ।  नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा लचिलो बनाएको छ । 

    राष्ट्र बैंकले लचिलो मौद्रिक नीति लिए पनि कर्जा विस्तार नहुँदा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ । प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट धमाधम बैंकिङ प्रणालीबाट तरलता तानिरहेको छ ।कर्जाको माग सुस्त हुँदा अर्थतन्त्रमा शिथिलता कायमै रहेको देखाउँछ । बैंक तथा वित्तीय संस्थाको ऋण असुली कमजोर छ । यसको असर बैंकको पुँजीकोष, नाफा र लगानी क्षमतामा देखिएको छ । राष्ट्र बैंकले बुधबार मात्रै ५० अर्ब रुपैयाँ तरलता तानेको छ । २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत तरलता तानेको हो । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ११ पटक निक्षेप संकलन उपकरणमार्फत पाँच खर्ब ८० अर्ब रुपैयाँ तरलता खिचेको छ । 

    images
    images

    राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत न्यूनतम २१ देखि अधिकतम ५६ दिनसम्मका निम्ति तरलता प्रशोचन गरेको छ । निक्षेपको तुलनामा कर्जा लगानी विस्तार नभएपछि बैंकिङ प्रणालीमा ६ खर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।तरलता बढेपछि बैंकमा कर्जा–निक्षेप अनुपात (सीडी अनुपात) ७६.४० प्रतिशत छ । राष्ट्र बैंकले सीडी अनुपात ९० प्रतिशत कायम गरेको छ । दुई वर्षको कर्जा विस्तार हेर्दा अघिल्लो वर्ष पाँच प्रतिशत र गत वर्ष ८ प्रतिशतले कर्जा विस्तार भएकाले यसपालि राष्ट्र बैंकको १२ प्रतिशत प्रक्षेपण पुरा हुने दाबी गभर्नर प्राडा विश्वनाथ पौडेलले गरेका छन् । 

    ब्याजदर करिडोरमार्फत राष्ट्र बैंकले ब्याजदर २.७५ प्रतिशत तल नजाने नीति लिएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता बढी भएपछि ब्याज तिरेर उठाउने गरेको छ भने कम भएमा बजारमा पठाउने गरेको छ । तरलता प्रशोचन गर्दामात्रै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २.७५ प्रतिशत ब्याज भुत्तान गर्छ । राष्ट्र बैंकले तरलता प्रशोचन गर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई वार्षिक अर्बौं रुपैयाँ ब्याज तिर्दै आएको छ ।चालू आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले ब्याजदर करिडोरअन्तर्गत माथिल्लो सीमाका रूपमा बैंक दर ६ प्रतिशत कायम गरेको छ । ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलन दरलाई ३ बाट घटाई २.७५ प्रतिशत बनाएको छ । नीतिगत दरलाई ५ बाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ । हाल अन्तरबैंक ब्याजदर औसत २.७५ प्रतिशत छ ।

    चालू आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्ष निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२.५ प्रतिशतले बढ्ने लक्ष्य थियो । गत वर्ष लक्ष्य हासिल गर्न राष्ट्र बैंक असफल भएको छ । गत आर्थिक वर्षमा निजी क्षेत्रमा कर्जा विस्तार ८.४ प्रतिशतमा सीमित भएको थियो । गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुले चार खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ थप कर्जा लगानी गरेका छन् । गत आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गरिएको यो लक्ष्यअनुसार ६ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्ने थियो । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत मत्र बढेर दुई खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँ बढेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend