images

२०८३ आश्विन १९ गते

images
images
images

तरकारी खेतीबाट वार्षिक तीन लाख बचत

तरकारी खेतीबाट वार्षिक तीन लाख बचत

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका-८ नौखरीका किसान महादेव चौधरीले दुई दशकदेखि निरन्तर तरकारीखेतीमार्फत जीविकोपार्जन गर्दै आएका छन् । सामान्य लेखपढ गर्न पनि गरेका चौधरी अहिले गाउँका एक सफल व्यवसायिक किसानका रूपमा परिचित छन्। कमैया प्रथा अन्त्य भएसँगै सरकारले पुनःस्थापनाका क्रममा उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा उनले तरकारीखेती सुरु गरेका हुन्।पछि थप १० कठ्ठा जग्गा भाडामा लिएर खेती विस्तार गरेको चौधरीले बताए। अहिले उनको बारीमा लौका, फर्सी, काँक्रो, करेलालगायत मौसमी तरकारी उत्पादन भइरहेका छन् । मौसमी तथा र बेमौसमी दुवै किसिमका तरकारीखेती हुने उनको भनाइ छ ।

    images
    images

    चौधरीले काउली, गोलभेँडा, भण्टा, खुर्सानी, आलु, बोडीलगायत खेती गरिरहेको बताउँदै तरकारीका बेर्ना पनि बिक्री गरी आम्दानी लिइरहेको उल्लेख गरे। ‘बाल्यकालमा जमिन्दारको बाख्रा र गोरु चराउन थालेँ, ठूला भएपछि कमैया बसेर हलो जोत्न थालेँ, विद्यालय कस्तो हुन्छ थाहै भएन’, उनले भने, ‘दातृ निकायले सञ्चालन गरेको कृषि तालिममा सहभागी हुने अवसर पाएपछि जीवनमा परिवर्तन आएको हो । तालिममा पाएको ज्ञानले तरकारीखेतीलाई व्यवस्थित रूपमा सुरु गरेको हुँ ।’

    तरकारीखेतीबाट जीविकोपार्जन भइरहेको भन्दै उनले वार्षिक तीन लाख बचत हुने जनाए। चौधरीले यहीँ आम्दानीले परिवारको सम्पूर्ण खर्च सञ्चालन भइरहेको बताए। उनले भने, ‘जीविकोपार्जनका लागि अरुको मुख ताक्नुपरेको छैन, खेतीकै आम्दानीबाट सहज रूपमा परिवार पाल्न सकिएको छ ।’कमैया बस्दा विवाह गरेका चौधरीलाई परिवार पाल्ने ठूलो चुनौती थियो । तरकारीखेतीलाई आधार बनाएर उनले जीवनलाई नयाँ मार्ग दिए। ‘यसकै आम्दानीबाट पक्की घर निर्माण गरेका छौँ । छोराका लागि अटो खरिद गरेर दिएको छु । सोही अटोमार्फत बजारसम्म तरकारी ढुवानी गर्ने र भाडामा काम भइरहेको छ’, उनले भने।

    images
    images

    खेतीका लागि चौधरीले सरकारबाट अनुदानमा पावरटिलर प्राप्त गरे। सिँचाइ सुविधा बढाउन बोरिङ राखेको बताउँदै उनले यसले खेती उत्पादनमा सहयोग पुगेको धारणा राखे । ‘तरकारीखेतीमा मेहनत गरे पनि कहिलेकाहीँ भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्छ’, उनले भने, ‘भारतबाट सस्तो तरकारी आउँदा लागत पनि नउठ्ने गरी बेच्नुपर्ने अवस्था आउँछ ।’ यसले किसानलाई निरुत्साहित बनाउने गरेको उनको दुखेसो छ ।अग्र्यानिक उत्पादनमा जोड दिएर बजारमा छुट्टै पहिचान कायम गर्ने लक्ष्य बनाएको चौधरीको भनाइ छ । उनलाई अहिले गाउँमा ‘मिहिनेती किसान’ भनेर चिन्छन् । उनी खेतीमा मात्रै सीमित नभई गाउँलेलाई आधुनिक कृषि पद्दति अपनाउन प्रेरित पनि गर्दै आएका छन् । 

    स्थानीय  किसान विपदराम चौधरीले भने, ‘महादेवले गरेको मेहनत हामी सबैका लागि प्रेरणा हो । खेतीबाटै जीवन धान्न सकिन्छ भन्ने प्रेरणा उनबाटै लिएर हामी पनि तरकारीखेतीमा आबद्ध भएका छौँ ।’ दुई दशकअघि जमिन्दारको गोरु चराउने काममा सीमित रहेका चौधरी आज आफ्नो मेहनत, लगनशीलता र निरन्तरताले सफल व्यवसायिक किसान बनेका स्थानीय जगरनाथ चौधरीले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend