images

२०८३ आश्विन १९ गते

images
images
images

पाँच सातापछि रेसुंगा विमानस्थलमा उडान सुरु

पाँच सातापछि रेसुंगा विमानस्थलमा उडान सुरु

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • गुल्मी । पाँच सातापछि रेसुङ्गा विमानस्थलमा उडान पुनः सञ्चालनमा आएको छ । मौसम प्रतिकूलताका कारण पछिल्ला पाँच साता नियमित उडान हुन सकेको थिएन ।पछिल्लो पटक लगातार उडान अवरोध बनेकामा बिहीबार उडान भएको नेपाल वायुसेवा निगमका रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । विमानस्थलमा साप्ताहिक चार नियमित उडान हुने कार्यतालिका छ । कार्यतालिकाअनुसार उडान नभए पनि साप्ताहिक एक वा दुई उडान भइरहेको अवस्थामा मौसमका कारण सोही उडान पनि प्रभावित बनेको थियो ।

    images
    images

    काठमाडौं-रेसुंगाको भाडा दर प्रतियात्रु ७ हजार ५ सय रुपैयाँ र रेसुंगा-काठमाडौं ७ हजार ३ सय रुपैयाँ रहेको रेसुंगा स्टेसन प्रमुख थापाले बताए ।वर्षायामको समयमा रेसुंगा विमानस्थल कुहिरोले ढाक्छ । खुल्ला आँखाले देखेकै भरमा विमानस्थलमा जहाज अवतरण गर्नुपर्ने अवस्था रहेका कारण वर्षायामको सममयमा पटकपटक जहाज अवतरणमा समस्या हुने गरेको छ ।

    रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमअन्तर्गत नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले सफल परीक्षणपछि २०८० वैशाखबाट नियमित उडान सुरु गरेको थियो । उक्त जहाज काठमाडौं-रेसुंगा बिहान ६:३० बजे र रेसुंगा-काठमाडौं बिहान ७ः४० बजे उडान भर्दै आएको छ । रेसुंगा नगरपालिकाको अगुवाइमा रेसुंगा विमानस्थलबाट नियमित उडानका लागि पहल गरिएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend