images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • अधिक तरलता व्यवस्थापनका लागि आज राष्ट्र...

अधिक तरलता व्यवस्थापनका लागि आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्दै

अधिक तरलता व्यवस्थापनका लागि आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्दै

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौँ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २५ दिनका लागि राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम नरोकिएपछि व्यवस्थापनका लागि उल्लिखित रकम झिक्न लागिएको हो ।

    images
    images

    बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend