images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आज कहाँ-कहाँ छ आकस्मिक बाढीको जोखिम...

आज कहाँ-कहाँ छ आकस्मिक बाढीको जोखिम ?

आज कहाँ-कहाँ छ आकस्मिक बाढीको जोखिम ?

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया बदली रहेको छ।

    images
    images

    आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको र महाकाली र यिनका सहायक नदीहरू बहाव सतर्कता आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।बुधबार सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, जाजरकोट, दैलेख, कालिकोट र आसपासका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।

    साथै इलाम, ताप्लेजुङ, रामेछाप, ओखलढुङ्गा, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, तनहुँ, पर्वत, डोल्पा, मुगु, हुम्ला, बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend