images

२०८३ आश्विन १९ गते

images
images
images

ड्रोनमार्फत सगरमाथाबाट फोहर संकलन, जलवायु संरक्षणमा नयाँ प्रविधिको प्रयोग

ड्रोनमार्फत सगरमाथाबाट फोहर संकलन, जलवायु संरक्षणमा नयाँ प्रविधिको प्रयोग

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौँ । भदौ १८, विश्वको सर्वोच्च शिखर सगरमाथामा फोहर व्यवस्थापनका लागि अब ड्रोनको प्रयोग गरिएको छ। नेपालको ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजी र विद्युतीय सवारी साधन निर्माता बिवाइडीका नेपाल प्रतिनिधि साइमेक्स इङ्कको सहकार्यमा सगरमाथाबाट फोहर संकलन थालिएको हो।

    images
    images

    बढ्दो आरोहण र पर्यटन चापसँगै सगरमाथामा फोहरको समस्या गम्भीर बन्दै गएको छ। यसले हिमाली पारिस्थितिकीय तन्त्र र वातावरणीय सन्तुलनमा चुनौती खडा गरेको विज्ञहरूले बताउँदै आएका छन्।

    साइमेक्स इङ्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठका अनुसार, कम्पनीले कूल द अर्थ वाइ वान डिग्री अभियान अन्तर्गत एक हजार केजी फोहर संकलनको लक्ष्य लिएको छ। उनले भने, “सगरमाथा हाम्रो राष्ट्रिय गौरव हो, यसको संरक्षणमा प्रविधिको उपयोग गर्दै सकारात्मक प्रभाव पार्न हामी क्रियाशील छौँ।”

    images
    images

    एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार, ड्रोनले ६,१३० मिटरको उचाइबाट फोहर संकलन गरी आधारशिविर सम्म ल्याउने कार्य गरिरहेको छ। परम्परागत ढुवानीमा ६(७ घण्टा लाग्ने काम अब १–२ मिनेटमा सम्भव भएको उनले बताए।

    गत वर्ष सगरमाथाको क्याम्प–१ बाट २३४ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहर संकलन गरिएको थियो। यसपटक पनि सगरमाथा क्षेत्रबाट २८६ केजी फोहर संकलन भइसकेको साइमेक्सका बजार प्रमुख समिर श्रेष्ठले जानकारी दिए।

    नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष मिङ्मा डेभिड शेर्पाका अनुसार, आरोहीहरूले फोहर छाड्ने प्रवृत्ति कायम रहेकाले समस्या गहिरिँदो छ। उनले फोहर संकलनमा प्रविधिको प्रयोगले जोखिम कम हुनुका साथै समय र लागतमा समेत बचत भएको बताए।

    सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहकार्यमा फोहर व्यवस्थापन भइरहेको छ। अब अमादब्लम र मनास्लुजस्ता अन्य हिमालहरूमा पनि यो अभियान विस्तार गर्ने योजना रहेको एयरलिफ्ट टेक्नोलोजीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend