images

२०८३ आश्विन १९ गते

images
images
images

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • चितवन । पर्यटकीय याम प्रारम्भ हुनलागेसँगै सौराहाका पर्यटन व्यवसायी पूर्वतयारीमा जुटेका छन् । बिदामा गएका कर्मचारी पनि काममा फर्कन थालेका छन् । गत वर्ष पर्यटक नआउँदा खिन्न सौराहास्थित होटल भिष्टाका सञ्चालक रमेश सिलवालले यो वर्ष पर्यटक आउनेमा आफू आशावादी रहेको बताए । 

    images
    images

    जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रङ्गरोगन, मर्मतसम्भारमा नै व्यस्त छन् । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष घिमिरे आफूजस्तै अन्य व्यवसायी सरसफाइमा जुटेको बताउँछन् ।

    रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका ८० वटा रेष्टुरेन्ट छन् । ती सबै पर्यटकको प्रतीक्षामा छन् । यो वर्ष पर्यटक आगमन गत वर्षको भन्दा अधिक हुने अपेक्षासहित आफूहरू तयारीमा जुटेको उनले बताए । सौराहामा एक सय २० भन्दा बढी होटल छन् । ती होटलमा आठ हजार हाराहारी कोठा छन् । 

    images
    images

    क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओम पाण्डे हाल सौराहामा नगन्य पर्यटक छन् । आगामी महिना पर्यटक बढ्नेमा उनले विश्वास व्यक्त गरे ।  जङ्गल सफारीका लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा भएकाले स्वदेशी र विदेशी पर्यटकको आगमनको प्रतीक्षामा रहेका व्यवसायी धमाधम भौतिक पूर्वाधार पनि निर्माण गरिरहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend