images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • धानखेती डुबानले नष्ट भएपछि सिँघाराखेती गर्दै...

धानखेती डुबानले नष्ट भएपछि सिँघाराखेती गर्दै किसान

धानखेती डुबानले नष्ट भएपछि सिँघाराखेती गर्दै किसान

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • महोत्तरी । गत साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका–८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि किसानहरूले अहिले वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालेका हुन् । समयमा पानी नपरेपछि ढिलो गरी रोपाइँ गरेका यहाँका किसानको बाली रातो खोलामा थुनेर राखिएको पानीले बाढीको रूप लिएपछि करिब २०० बिघा क्षेत्रफलको धानखेती नष्ट भएको थियो ।

    images
    images

    पुनःधानखेती गर्न नसकिने गरी खेतका फाँटहरूमा पानी भरिएपछि वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालिएको किसान मनोज साहले बताए । यस क्षेत्रमा बर्सेनि धानखेती डुबानमा पर्ने गरेको भन्दै यसले आर्थिक क्षतिका साथै शारीरिक परिश्रमसमेत खेर जाने गरेको उनको भनाइ छ । उनका अनुसार अहिले यहाँका दर्जनौँ किसान वैकल्पिक रूपमा सिँघाराखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति भइरहेको देखेपछि कम लगानी र मेहनतमा मनग्य आम्दानी हुने सिँघाराखेतीतर्फ किसान आकर्षित हुँदै गएका स्थानीय चन्देश्वर साहले बताए । यहाँ मात्रै नभएर धानखेतीको सुनिश्चित नहुने क्षेत्रमा कम लगानी गरी मनग्य आम्दानी हुने भएको विकल्प छनोट गर्नुपर्नेमा उनले जोड दिए । 

    सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिघा पानी जमेर धानबाली नष्ट भएपछि विकल्पमा सिँघारा (फल) खेती सुरु गरिएको जलेश्वर नगरपालिका–१ वडाध्यक्ष अनिलकुमार झाले बताए । उनका अनुसार जमेको पानीमुनि लहरामा फल्ने सिँघारा एक प्रकारको गुलियो फल हो । यो फल स्वास्थ्यका पोष्टिकतत्वले भरिएको हुने भएकाले स्थानीस्तरमा लोकप्रिय छ ।गत साउन १५ पछि आएको बाढीका कारण जलेश्वरका अधिकांश खेती डुबानमा परेपछि किसानको सहजताका लागि खेत तथा पोखरीमा सिँघाराखेती सुरु गरिएको जलेश्वर–२ का वडाध्यक्ष वरुण दाहालले बताए ।वर्षौँदेखि बाँझो रहेको जलाशयमा यहाँ ५०–६० परिवारले खेती सुरु गरेका जलेश्वर–४ का किसान रामजनम सहनीले बताए । स्वाद मीठो र लोकप्रिय सिँघारा असोजदेखि बिक्रीका लागि तयारी हुन्छ । सिँघारा प्रतिकिलो रु १२० देखि १८० सम्म बिक्री हुने भएकाले लाखौँ आम्दानी गर्न सकिने जलेश्वर–२ का दिलचन मुखियाले जानकारी दिए । 

    images
    images

    मिथिलाञ्चलमा पूजाआजा गर्दा प्रसादका रूपमा प्रयोग हुने सिँघारा बालबालिका, बूढापाका र पेटका रोगीले बढी मनपराउने किसान जीबछ मोमिनले बताए । सिँघारा बेचेर प्रतिकिसान रु दुई–तीन लाखसम्म आम्दानी गर्न सकिने जलेश्वर–९ का किसान सिया यादवको भनाइ छ ।बाह्रै मास पानीले भरिभराउ रहने जलेश्वर र वरपरका क्षेत्रमा सिँघाराको व्यावसायिक खेती प्रवर्द्धन र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने स्थानीय कृषि कार्यालयसँग सयौँ बिघामा हुने सिँघाराखेतीबारे कुनै अभिलेख छैन ।जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले सिँघाराखेतीलाई प्रवर्द्धन गर्नुपर्ने र मौसमी उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । यो खेती गर्ने किसानका लागि सङ्घले विशेष योजनासहित प्रोत्साहनमूलक कार्यक्रम ल्याउने उनले प्रतिबद्धता जनाए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend