images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकले १० बैंकको लेखापरीक्षण गर्न...

राष्ट्र बैंकले १० बैंकको लेखापरीक्षण गर्न बंगलादेशी कम्पनीलाई दियो पाँच महिनाको समय

राष्ट्र बैंकले १० बैंकको लेखापरीक्षण गर्न बंगलादेशी कम्पनीलाई दियो पाँच महिनाको समय

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । नेपालका ठूला १० वाणिज्य बैंकको ऋणको गुणस्तरको लेखापरीक्षण गर्ने जिम्मा पाएको बंगलादेशी कम्पनीले पाँच महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बंगलादेशको हाउलाडार युनुस एण्ड कम्पनीलाई यसका लागि जनवरी अन्तिमसम्मको समय दिएको हो । यसका लागि गत बिहीबार राष्ट्र बैंक र कम्पनीबीच करार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त कम्पनीले वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणका लागि २७१६७०.०५ अमेरिकी डलरमा गरेको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको थियो । 

    images
    images

    मर्जर तथा प्राप्तिमा गएका ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र प्रभु बैंक, एनआईशी एसिया, एनएमबी, राष्ट्रिय वाणिज्य बैंकको पनि सम्पत्तिको गुणस्तर परीक्षण गर्ने बताइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend