काठमाडौँ । भदौ १५, बैङ्क तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) खर्च मनोमानी रूपमा गर्न थालेपछि नेपाल राष्ट्र बैङ्कले यसमा कडाइ गर्ने भएको छ।
नेपाल राष्ट्र बैङ्कले सिएसआर सम्बन्धी मार्गदर्शन २०८१ संशोधन गर्दै शिक्षा, स्वास्थ्य, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य लगायतका प्राथमिक क्षेत्र निर्धारण गरेको छ। अब देखि सिएसआर खर्च अर्धवार्षिक रूपमा योजना बनाएर राष्ट्र बैङ्कमा बुझाउनु पर्नेछ। छुट्याइएको कम्तीमा ६०५ रकम सोही वर्षभित्र र प्रत्येक प्रदेशमा कम्तीमा १०५ खर्च गर्नुपर्ने व्यवस्था यथावत राखिएको छ।
संशोधित मार्गदर्शन अनुसार ब्रान्ड प्रवर्धन, बजार विस्तार, राजनीतिक कार्यक्रम, नाफा मूलक कार्य, वा शुल्क लिई गरिएका कार्यक्रमलाई सिएसआर अन्तर्गत राख्न नपाइनेछ। यस्तै, र्याली, विज्ञापन, वा व्यक्तिगत स्वार्थ जोडिएका कार्यमा गरिएको खर्च पनि सीएसआरमा नपर्ने उल्लेख गरिएको छ।
सिएसआर खर्च गरिब, विपन्न र लक्षित वर्गको हितमा केन्द्रित गरिनु पर्नेमा मार्गदर्शनले विशेष जोड दिएको छ। साथै, सबै प्रकारका बैङ्क तथा वित्तीय संस्थाले सिएसआर कोष छुट्याउनु पर्ने व्यवस्था गरिएको छ।




.gif)





