images

२०८३ आश्विन २४ गते

images
images
images

साउन महिनासम्ममा बजारमा साढे ७ खर्ब नगद परिचालन

साउन महिनासम्ममा बजारमा साढे ७ खर्ब नगद परिचालन

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौं । हाल बजारमा करिब साढे ७ खर्ब रुपैयाँ नगद परिचालनमा रहेको देखिएको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनासम्मको तथ्यांक अनुसार, सो अवधिमा बजारमा ७ खर्ब ४४ अर्ब ८२ करोड रुपैयाँ नगद परिचालनमा रहेको छ। अघिल्लो वर्ष २०८१/८२ को अन्त्य (असार) मा यो संख्या ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ रहेको थियो। यसरी हेर्दा असारको तुलनामा साउनमा नगद परिचालन केही घटेको देखिन्छ।

    images
    images

    त्यसैगरी, समीक्षा अवधिमा सरकारी कोषको आकार उल्लेख्य रूपमा वृद्धि भएको छ। गत वर्षको असारसम्म सरकारी कोषमा ७० अर्ब ८३ करोड रुपैयाँ रहेकोमा, चालु वर्षको सोही अवधिमा यो बढेर १ खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। 

    नेपाल राष्ट्र बैंकको विदेशी मुद्राको सञ्चिति (रिजर्भ) मा पनि वृद्धि भएको छ। गत वर्षको असारसम्म रिजर्भमा ७ खर्ब ८ अर्ब १ करोड रुपैयाँ थियो भने, चालु वर्षको साउनमा यो बढेर ७ खर्ब ५२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend