images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • कोशीमा माछापालनको क्षेत्रफल बढेसँगै वार्षिक उत्पादन...

कोशीमा माछापालनको क्षेत्रफल बढेसँगै वार्षिक उत्पादन पनि बढ्यो

कोशीमा माछापालनको क्षेत्रफल बढेसँगै वार्षिक उत्पादन पनि बढ्यो

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • झापा।  कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन ।किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा कार्प र पङ्गास हुन् । दुवै प्रकारका माछापालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका मत्स्य विकास अधिकृत पार्वती लिम्बूले बताए।

    images
    images

    आर्थिक वर्ष २०८१-८२ मा प्रदेशमा दुई हजार ४४२ हेक्टर क्षेत्रफलमा पोखरी बनाएर कार्प जातको माछापालन गरिएको थियो । त्यसअघि आव २०८०-८१ मा दुई हजार १६ हेक्टर क्षेत्रफलमा मात्र माछापालन गरिएको उनले बताए। कार्प जातका माछाको उत्पादन बढेको छ । उक्त माछा आव २०८०-८१ मा नौ हजार ३७७ मेट्रिक टन उत्पादन भएको थियो भने आव २०८१-८२ मा उत्पादन बढेर ११ हजार ७६ मेट्रिक टन पुगेको छ ।उपभोक्ताले रुचाउन माछाको अर्को जात पङ्गासको पनि उत्पादन र माछापालन क्षेत्रफल दुवै वृद्धि भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएअनुसार आव २०८१-८२ मा पङ्गास माछा कोशी प्रदेशमा तीन हजार ३९९ मेट्रिक टन उत्पादन भएको थियो । जबकि आव २०८०-८१ मा यो माछा दुई हजार ३६६ मेट्रिक टनमात्र उत्पादन भएको थियो ।

    निर्देशनालयको तथ्याङ्कानुसार प्रदेशमा आव २०८१-८२ मा पङ्गास माछापालन गरिएको पोखरीको सङ्ख्या चार सय १३ र आव २०८०-८१ मा मात्र चार सय पाँच रहेको थियो । आव २०८१-८२ मा यो माछापालन भइरहेको क्षेत्रफल एक सय १० हेक्टर र आव २०८०-८१ मा ७८ हेक्टर रहेको थियो ।पहाडमा बग्ने सफा पानीमा पालिने रेन्बो ट्राउटको माछापालन भने घटेको छ । आव २०८०-८१ मा ४३ वटा पोखरीमा यो माछापालन गरिएको थियोभने आव २०८१-८२ मा घटेर २९ भएको निर्देशनालयले जनाएको छ ।

    images
    images

    कोशी प्रदेश सरकारले माछापालनमा जोड दिँदै आएता पनि आवश्यकता धान्ने गरी उत्पादन बढाउन सकेको छैन । मत्स्य विकास अधिकृत लिम्बूले प्रदेशमा प्रतिव्यक्ति वार्षिक ११ केजी ५०० ग्राम माछा उपभोग हुने गरेको बताए। जबकि आव २०८०-८१ मा उत्पादनको उपलब्धता वार्षिक प्रतिव्यक्ति एक केजी ८०० ग्राम र आव २०८१-८२ मा दुई केजी २६० ग्राम रहेको उनले बताए। प्रदेशमा खपत भएअनुसारको उत्पादन बढाउन नसक्दा अझै पनि भारतबाट आयातित माछामा निर्भर हुनुपर्ने बाध्यता छ । कोशी प्रदेशका ५६ वटा सिमसार पोखरीमा माछापालन गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend