images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • नुवाकोटको शिवपुरीबाट २२ जना जुवाडे पक्राउ,...

नुवाकोटको शिवपुरीबाट २२ जना जुवाडे पक्राउ, १० लाख बरामद

नुवाकोटको शिवपुरीबाट २२ जना जुवाडे पक्राउ, १० लाख बरामद

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित गुर्जेबाट प्रहरीले २२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । बुधवार मध्यराति गुर्जेमा रहेको बार्दली इन होटलमा छापा मारेर प्रहरीले जुवाडेहरूलाई पक्राउ गरेको हो ।

    images
    images

    जुवा खालबाट १० लाख ७१ हजार नगद र ३१ थान कौडा बरामद गरिएको नुवाकोटका एसपी दुर्गा रेग्मीले  बताए । पक्राउ पर्नेमा ६ जना महिला छन् ।

    गएराति साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामा नेतृत्वको टोलीले सो होटलमा छापा मारेको थियो । आरोपीहरू विरुद्ध जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend