images

२०८३ आश्विन १९ गते

images
images
images

आजबाट बन्दिपुर केवलकारको आईपीओ निष्काशन

आजबाट बन्दिपुर केवलकारको आईपीओ निष्काशन

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौँ । भदौ ११, बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (भदौ ११ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गरेको हो।

    images
    images

    सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू वा मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    आईपीओको आवेदन छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते सम्म दिन सकिनेछ।

    images
    images

    कम्पनीको यो आईपीओलाई केयर रेटिङ नेपालले CARE-NP BB (Issuer Rating)प्रदान गरेको छ। यो रेटिङले कम्पनीले वित्तीय दायित्व समयमा पुरा गर्न सक्ने मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

    आईपीओको बिक्री प्रबन्धकको रूपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड कार्यरत छ।

    यसअघि, कम्पनीले साउन ६ गते देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको छ, जसको बाँडफाँट सम्पन्न भइसकेको छ।

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्काशनको स्वीकृति दिएको थियो। तीमध्येः

    ५ लाख ६६ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र तनहुँको बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका–१ र गोरखा जिल्लाको पालुङटार नगरपालिका–७० का बासिन्दाका लागि,

    र ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो।

    अब बाँकी ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend