काठमाडौँ । भदौ ८, नेपाल पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा फुरगेल्जे शेर्पा अध्यक्ष पदमा विजयी भएका छन्। शनिबार बिहान सम्पन्न मतगणना अनुसार शेर्पाले ३४२ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई ५४ मतको अन्तरले पराजित गरेका हुन्। गुरुङले २८८ मत प्राप्त गरेका थिए।
संघको वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा र द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी निर्वाचित भएका छन्। यस्तै, महासचिवमा राजेन्द्र लामा विजयी भएका छन्।
सचिव पदका लागि चन्दन थापा विजयी भएका छन् भने कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन्। अब दुबै उम्मेदवार बीच निर्णयका लागि टस वा पुनः मतदान हुन सक्ने निर्वाचन समितिले जनाएको छ।
सदस्य पदमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार चुनाव प्रक्रिया शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो।




.gif)





