images

२०८३ आश्विन १७ गते

images
images
images

बार एशोसिएशन र पत्रकार महासंघबिच मिलापत्र

बार एशोसिएशन र पत्रकार महासंघबिच मिलापत्र

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • जनकपुरधाम । लामो समयदेखि जारी जग्गा विवाद अन्ततः नेपाल बार एशोसिएशन, जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेस प्रदेशबिच आपसी सहमतिमा टुङ्गिएको छ । दुवै संस्थाद्वारा गठित उच्चस्तरीय वार्ता समितिको मध्यस्थतापछि मिलापत्रमा हस्ताक्षर गरिएको हो ।

    images
    images

    सम्झौतामा नेपाल पत्रकार महासंघ, मधेस प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एशोसिएशन, जनकपुरधामका अध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले हस्ताक्षर गरेका छन् । सहमति अनुसार जनकपुरधामस्थित गुठी संस्थानबाट लिजमा लिइएको विवादित जग्गा दुवै संस्थाले आपसी हितमा बाँडफाँट गरी प्रयोग गर्ने निर्णय भएको छ । जसअनुसार तोकिएको क्षेत्रफल नेपाल बार एशोसिएशनले पार्किङका लागि र बाँकी जग्गा पत्रकार महासंघले बहुउद्देश्यीय कार्यका लागि उपयोग गर्नेछन् ।

    विवादका क्रममा भएका घटनाप्रति दुवै पक्षले दुःख व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, दुवै संस्थाले एकअर्काविरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक सामग्री पोस्ट नगर्ने र दुई दिनभित्र दर्ता भएका कानुनी कारबाही फिर्ता लिने वा कानुनबमोजिम निष्क्रिय बनाउने सहमति भएको छ ।यस सहमतिले दुई जिम्मेवार पेसागत संस्थाबिचको सम्बन्धमा नयाँ अध्याय सुरुवात भएको दुवै पक्षले जनाएका छन् । पेसागत मर्यादा, सामाजिक न्याय र लोकतन्त्रको सुदृढीकरणका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि दुवै संस्थाले व्यक्त गरेका छन् ।

    images
    images

    उच्चस्तरीय वार्ता समितिको भूमिका सम्झौता सम्भव बनाउन महत्त्वपूर्ण रह्यो । नेपाल बार एशोसिएशनका तर्फबाट केन्द्रीय सचिव अधिवक्ता बाबुराम अर्यालको संयोजकत्वमा वरिष्ठ अधिवक्ताहरू चन्द्रकुमार शर्मा मैनाली र श्यामकुमार मिश्र उक्त समितिका सदस्य थिए । त्यस्तै, नेपाल पत्रकार महासंघतर्फ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने संयोजकत्वमा केन्द्रीय सदस्य राजेशकुमार कर्ण र राजु विश्वकर्मा सदस्य थिए ।यता केही पत्रकारले भने महासंघ र बारबिचको सहमतिमा आपत्ति जनाएका छन् । यो सम्झौताले घाइते पत्रकारहरूप्रति अन्याय गरेको भन्दै पत्रकारहरूले विरोध जनाएका छन् । पत्रकार शैलेन्द्र महतोको खुटा भाँचिएको र दिवाकर रायको टाउकोमा गम्भीर चोटपटक लागेको अवस्थामा क्षतिपूर्तिको माग गर्नुपर्नेमा उल्टो सहमति गरिएको उनीहरू आरोप छ ।1

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend