काठमाडाैँ । माल्टामा अहिलेसम्मकै सबैभन्दा ठूलो नेपालीहरुको कन्सर्ट यही अगष्ट २७ मा हुने भएको छ ।सानो ठाउँमा धेरै नेपालीहरु भेला भएको माल्टामा, यस पटक माल्टाको सबैभन्दा ठूलो हल MFCC (Malta Fairs and Conventions Centre) मा—जसमा विश्वकै चर्चित कलाकारहरुले मात्र कार्यक्रम गर्ने गरेको पाइन्छ ।
नेपालकै लोकप्रिय नेपथ्या ब्यान्ड ले अद्वितीय प्रस्तुति दिने भएका छन् । कार्यक्रमको आयोजना Nepal Malta Football Club (NMFC) ले गरेको हो भने यसको संयोजन राजेन्द्र बिष्ट र आकाश गुरुङ ले मिलेर गरेका छन् ।
अहिलेसम्म १८०० टिकट बिक्री भइसकेको छ भने अनुमानित ३५०० देखि ४००० जना नेपालीहरुको उपस्थित हुने आँकलन गरिएको छ । यति ठूलो कन्सर्ट नेपालीहरुले गर्न लागेका कारण यहाँका स्थानीय माल्टिज नागरिकहरु समेत अचम्मित भएका छन् ।कला र संस्कृति हाम्रो पहिचान हो भन्ने नारा मनमस्तिष्कमा राख्दै कार्यक्रम अगाडि बढ्दैछ ।




.gif)





