images

२०८३ कार्तिक २ गते

images
images
images

नुवाकोटमा बाँदरले मार्‍यो मान्छे

नुवाकोटमा बाँदरले मार्‍यो मान्छे

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौं । नुवाकोटमा बाँदरको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । नुवाकोटको पन्चकन्या गाउँपालिकामा बाँदरको आक्रमणबाट किसानको मृत्यु भएको हो ।बाँदरले आक्रमण गर्दा घाइते भएका ५८ वर्षीय गोकर्ण नेपालीको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दै बाटोमै मृत्यु भएको हो।पन्चकन्या गाउँपालिका–२, कविलास कोटथोकका नेपालीमाथि बुधबार बिहान आफ्नै घरबारीमा बाँदरको हुल धपाउने क्रममा आक्रमण भएको थियो ।

    images
    images

    मकै खान आएका बाँदरलाई लखट्न पुगेका नेपालीमाथि ठूलो संख्यामा रहेको बाँदरको हुलले आक्रमण गरेको स्थानीयको भनाइ छ । आक्रमणपछि बेहोस भएका उनलाई स्थानीयवासीले उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।वडाध्यक्ष रामशरण श्रेष्ठले भने बाँदर धपाउने क्रममा प्रेसरका बिरामी नेपालीको आत्तिएर ज्यान गएको हुनसक्ने बताए ।

    ‘बिहान बाँदरको ठूलो हुल घरबारीमा आएपछि उहाँ धपाउन निस्कनु भएको हो । प्रेसरको बिरामी मान्छे बाँदर धपाउन ठूलो स्वरले कराउनु भएको रहेछ, ‘ अध्यक्ष श्रेष्ठले भने, ‘एक्कासी ठूलो संख्यामा बाँदर नजिक आउँदा उहाँ आत्तिएर ढलेको हुन सक्छ। उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको हो ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend