काठमाडौँ । नाडा अटो शो-२०२५ सुरु भएको छ । मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नाडा अटो शोको यो वर्षको संस्करण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शोको उद्घाटन गरेका छन् ।कार्यक्रममा एशोसिएसनका अध्यक्ष करण चौधरीले यो अटो शोले कुल अटोमोबाइल्स व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने भन्दै यो एउटा प्रदर्शनी मात्रै नभएर व्यापारिक केन्द्र भएको बताए ।
अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै अहिले यो क्षेत्रले नेपालमा १० लाख रोजगारी सिर्जना गरेको र ३ हजार व्यवसायीलाई एकीकृत गरेको दाबी गरे ।




.gif)



