images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • सातदोबाटोमा...

सातदोबाटोमा खुल्यो एमजीको डिलरसीप

सातदोबाटोमा खुल्यो एमजीको डिलरसीप

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै ललितपुरकाे  सातदोबाटोमा नयाँ अधिकृत डिलरसीपको उद्घाटन गरेको छ।एमजीको विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको डिलरसीप अत्याधु‌निक सुविधा, ग्राहकहरूलाई अन्तर्राष्ट्रियस्तरको बिक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो।

    images
    images

    यस स्थानका लागि पीआर सप्लायर्सलाई आधिकारिक एमजी डिलरसीपका रूपमा नियुक्त गरिएको छ। अब नयाँ शोरूममा गएर ग्राहकहरूले  एमजीका प्रिमियम गाडीहरूको अवलोकन गर्ने, विशेषज्ञबाट सल्लाह लिन तथा प्रत्यक्ष रूपमा बुकिङ वा खरिद गर्न सक्नेछन्।

    यो डिलरसीपले ललितपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई सहज र व्यक्तिगत अनुभव सहितको कार खरिदको सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ।‘यो नयाँ डिलरसीप केवल एउटा शोरूम मात्र नभएर यो पूर्ण रुपमा एमजी अनुभवको प्रवेशद्वार हो। विश्वस्तरीय डिजाइन, तालिमप्राप्त कर्मचारी र विस्तृत उत्पादन सूचीसहित हामी ललितपुरका ग्राहकहरूलाई शैली, प्रदर्शन र नवीनताको अद्वितीय संयोजन अनुभव गर्न स्वागत गर्दछछौं,’ प्यारामाउन्ट मोटर्सका निर्देशक निकुन्ज अग्रवालले भने। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend