images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • एआईले बनाएको युवतीको प्रेममा परेपछि ...

एआईले बनाएको युवतीको प्रेममा परेपछि ७५ वर्षीय वृद्धले श्रीमतीसँग मागे डिर्भोस..

एआईले बनाएको युवतीको प्रेममा परेपछि ७५ वर्षीय वृद्धले श्रीमतीसँग मागे डिर्भोस..

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं ।  चीनमा एउटा अनौठो घटना भएको छ। चीनका ७५ वर्षीय एक वृद्ध कृत्रिम बौद्धिकता (एआई)ले बनाएको युवतीसँग प्रेममा परेका छन्।  प्रविलाम्यागले सार्वजनिक गरेको खबर अनुसार जिआङ नाम गरेका ती वृद्धले सामाजिक सञ्जालमा एक युवतीको अवतार देखे। उनले त्यो तस्बिर नक्कली हो भन्ने थाहा पाएनन् र सामान्य रूपमा कुराकानी गर्न थाले। कुराकानीको क्रममा युवतीको बोली र ओठको चाल मेल नखाए पनि उनले अस्वाभाविक ठानेनन्।

    images
    images

    समयसँगै उनले उक्त भर्चुअल युवतीसँग कुराकानी गर्न दैनिक बानी बनाए। उनले घण्टौं मोबाइलमा बसेर ती युवतीका नयाँ सन्देशको प्रतीक्षा गर्न थाले। एक दिन मोबाइलको अत्यधिक प्रयोगका कारण उनी र उनकी श्रीमतीबीच झगडा भयो। त्यसपछि उनले भर्चुअल  प्रेमिका लागि डिभोर्स गर्ने निर्णय गरे। एआईले  बनाएको युवतीसँग प्रेममा परेपछि ७५ वर्षीय  वृद्धले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न चाहेका छन्। तर उनका छोराछोरीहरूले हस्तक्षेप गर्दै उनलाई ती युवती वास्तविक नभएर एआईले बनाएको हो भनेर  बुझाए।

    यो घटना पहिलो भने होइन। यसअघि अन्य देशमा पनि यस्ता घटना भएका छन्। अमेरिकामा एक महिलाले २० वर्षको वैवाहिक सम्बन्धपछि आफ्नो एआई प्रेमसँगको सम्बन्धका कारण श्रीमानसँग डिभोर्स गरेकी थिइन्। अर्को एक व्यक्तिले श्रीमती र बच्चा हुँदाहुँदै पनि आफ्नो न्युरल नेटवर्क “साथी”लाई विवाहको प्रस्ताव गरेका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend